हुन त गाईजात्रा जनै पूर्णिमाको भोलिपल्ट पर्छ । तिथिअनुसार यो वर्षको गाईजात्राको समय सकिएको छ । अब अर्को साल मात्रै आउछ तर नेपालको राजनीतिक घटनाक्रम र संस्कार हेर्ने हो भने गाईजात्रा संधै भइरहेको जस्तो देखिन्छ । नेपालको संसद यसको मुख्य थलोको रुपमा देखिएको छ । जहाँ राजनीतिक दलबीच देखिएको विवादले हिजोआज दैनिक जसो होहल्ला र हुलहुज्जत हुदै गाईजात्रा प्रदर्शन भइरहेको छ ।

एक त आफ्नो स्वार्थका लागि दुई पटक संसद विघटन नै गरियो । फेरि शुक्रबार सदनमा यस्तो हर्कत गरियो कि जसले गर्दा सबैलाई नेपालको राजनीति र सदन गाईजात्रा देखाउने ठाँउ जस्तो भएको छ । जात्रैजात्राको थलोको रुपमा सदन भएको हो कि भन्ने पनि अभाष भएको छ । गाईजात्राका लागि अब वर्ष दिन कुनै नै नपर्ने भएको छ ।

यो आफैमा लाज मर्दो कुरा हो । संसदनमा जनताका प्रतिनिधिहरु जान्छन् । उनीहरुले जनताको कुरा उठान गर्लान् भन्नेमा आफै लडाइ र मारपिटमा उत्रिएको देखिन्छ । अझै उनीहरुले शक्ति प्रदर्शन समेत गरेको देखिन्छ । सदन आज दुबै पक्षको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ । अनि यसलाई गाईजात्रा भन्नु अतिसयोक्तिपूर्ण पनि भन्न सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here