मनहर्वा,नेकपा विप्लव नेतृत्वको युवा संगठन नेपालले मंगलबार साँझ बाराको सिमरामा विरोध प्रदर्शन सहित कोणसभा गरेको छ ।

सरकारी अनियमिता, बढ्दो बेरुजु तथा भ्रष्टचारकाविरुद्ध आयोजित विरोध प्रदर्शनलाई नेपाल कम्युनिष्ट पार्टी बाराका सेक्रेटरी रक्तिमले सम्वोधन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएका रक्तिमले भ्रष्टचारका विरुद्ध पार्टीले देशव्यापी आन्दोलन गरिरहेको बताउनुभयो ।

राजनीतिक दलहरु सरकार बनाउने खेलमामात्रै लाग्दा समस्या बढ्दै गएको उहाँले बताउनुभयो । वर्तमान संसदीय दलहरुले जनताको पक्षमा काम गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । बढ्दो महँगी, भ्रष्टचार र अपराधका विरुद्ध सरकारी बेवास्थाको विरोधमा आफ्नो पार्टी जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने उहाँको भनाइ थियो ।

सिमरा बजार परिक्रमा पश्चात एयरपोट चोकमा पुगेर युवाहरुले कोणसभा गरी वर्तमान सरकारको चर्को आलोचना गरेका थिए । उनीहरुले नेपाल र नेपालीको अहित हुने एमसिसि सम्झौता सारेज गर्न देउवा सरकारलाई आग्रह गरेका थिए ।

। युवा संगठन नेपाल बारा संर्घष समितिको संयोजनमा भएको कार्यक्रममा जनसेवक नेपालका मुक्ति, तमाङ्ग मुक्ति मोर्चा बाराका दुर्गम, नेपाल कमन्युष्ट पार्टी निजगढ सेक्रेटरी सागर लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here