पुष्पराज खतिवडा
बारा
२२ भदौ २०७८
निजामति सेवा दिवसको अवसरमा बाराका कर्मचारीहरुले वृक्षरोपण गरेरका छन् । मंगलबार विहान डिभिजन वन कार्यालय बारका संयोजनमा जीतपुरसिमरा उपमहानगरपालिका १८ को लामिडाँडा नजिकै वनक्षेत्रमा वृक्षरोपण गरेर दिवस मनाका हुन् । निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, जनप्रतिनिधी, पत्रकार र स्थानियको उपस्थीतमा वन कार्यालय बाराले वर पिपल, सिमल , अमला, मलेसियन सखुवा लगायतका ३ सयबढी विरुवा रोपिएको हो ।
ब्यवसायिक र सिर्जनशिल प्रशासन ः विकास समृद्धि र सुशासन भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रमको विषेश समारोहलाई सम्बोधन गर्नुहुँदै बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मानिस विना वन बाँच्न सक्ने भएपनि वन विना मानिस बाच्न नसक्ने बताउनु भयो । त्यसका लागि सबै मिलेर वन शंरक्षण ध्यान दिनु पर्ने बताउनु भयो । बर्षेनी लाखौं बोटविरुवा रोपीने गरेपनि शंरक्षण नहुँदा वनक्षेत्रको विकास नभएको वहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारी प्रशासनको ईतिहाँस केलाउनु हुँदै २०१३ साल भदौ २२ बाट निजामती प्रशासानको अभ्यास भएको बताउनु भयो । २००८ साल सम्म नेपाली सेना प्रहरी र कर्मचारी सबै एकैठाउँमा रहेको २००९ सेना र कर्मचारीलाई अलग्गै यूनिटका रुपमा राखिएको वहाँले बताउनु भयो । समयसँगै निजामती कर्मचारीको रुपान्तरण हुँदै आएको वहाँले सुनाउनु भयो ।
साझेदारी वन समिति महासंघ एकोफन प्रदेश २ अध्यक्ष गणेश प्रसाद साहले छोरीहरुसँग वनको तुलना गर्दै शंरक्षण गर्नु पर्ने सबैभन्दा ठुलो धन नै छोरी वन भएको बताउनु भयो । कार्यक्रमका बक्ताहरुले वन जोगाउन स्थानिय वासिन्दासँगै तीनै तहका सरकारहरु विच समन्वय हुनु पर्ने बताए ।
नेपाली सेनाले शंरक्षण गर्ने गरी डिभिजन वन कार्यालयको स्विकृतीमा सेनाले बाराको जितपुरसिमरा, कोलहवी र निजगढ क्षेत्रको ४४७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले कार्यक्रममा जानकारी दिनु भयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बाराका प्रमुख नारायण प्रसाद भण्डारी , प्रहरी प्रमुख एसपी दिपेन्द्र साही, राष्टिय अनुसन्धान बाराका रिवेन कुमार गच्छदार, शसस्त्र प्रहरी १२ नं. गणका गणपति रविनराज कर्णजित, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तीवारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष अर्जुन प्रसाद दाहाल लगायतको सहभागिता रहको थियो ।
कर्मचारीहरुले पालिका स्थतरमा प्रशासकिय अधिकृतको अध्यक्षतामा समेत विभिन्न ठाउँमा वृक्षरोण गरेका छन् । दिवसका अवसरमा सरकारी कर्मचारी, सेना प्रहरीले समेत साताब्यापी कार्यक्रम गर्दै आएको निजामती कर्मचारी टे«डयूनियन बाराका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
फोटोमा ः वृक्ष रोपण गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी दिपेन्द्र साही लगायत ।