जीतपुर,निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय १२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन । जीतपुरमा भएको कार्यक्रममा १ सय ६५ र निजगढको रतनपुरमा ४७ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमामा प्रवेस गरेका हुन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा प्रवेस गराउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभएको छ ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधित्व गर्न नसक्ने उहाँको भन्दै नेकपा एमालेको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।

नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपका एमालेका केन्दी्रय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नकपा एमालेका केन्द्रीय सदस्य एवम बारा अध्यक्ष बलवीर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेकपा एमाले निजगढ नगर कमिटीले रतनपुरीमा शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना एमालेमा प्रवेश गरेका छन ।

निजगढ नगर अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले पार्टी प्रवेश गराउनुभएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य ज्वाला साह, अच्युत मैनाली, बलबरि चौधरीलगायतले बोल्नुभएको थियो । सोही कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी गुरुङ्ग, जनसांस्कृतिक मन्चकी अध्यक्ष चम्पा गुरुङ्गले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सागर दहालले गर्नुभएको थियो ।निजगढ र जीतपुरसिमरामा विभिन्न पार्टी परित्याग गरी २१२ जना एमाले प्रवेश

जीतपुर,

निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय १२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन । जीतपुरमा भएको कार्यक्रममा १ सय ६५ र निजगढको रतनपुरमा ४७ जना विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमामा प्रवेस गरेका हुन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा प्रवेस गराउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभएको छ ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधित्व गर्न नसक्ने उहाँको भन्दै नेकपा एमालेको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।

नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपका एमालेका केन्दी्रय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नकपा एमालेका केन्द्रीय सदस्य एवम बारा अध्यक्ष बलवीर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेकपा एमाले निजगढ नगर कमिटीले रतनपुरीमा शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना एमालेमा प्रवेश गरेका छन ।

निजगढ नगर अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री बस्नेतले पार्टी प्रवेश गराउनुभएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य ज्वाला साह, अच्युत मैनाली, बलबरि चौधरीलगायतले बोल्नुभएको थियो । सोही कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी गुरुङ्ग, जनसांस्कृतिक मन्चकी अध्यक्ष चम्पा गुरुङ्गले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सागर दहालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here