सेढवा,पर्साको बहुदरमाई नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले हिजो एक कार्यक्रमका बिच पूर्ण खोप नगरपालिका घोषणा गर्नुभएको हो । नगरपालिकाका ९ वटै वडामा जन्मेदेखि २३ महिनासम्मका बालबालिकाहरुलाई दिईने १३ थरीका विभिन्न खोपहरु लगाईसकेको हुँदा पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरप्रमुख साहले बताउनुभयो । खोप अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयमसेविकाहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खोपलाई निरन्तरता दिएर बालबालिकाहरुलाई निरोगी बनाउनुपर्नेमा नगरप्रमुख साहले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here