बरियारपुर,युवा संघ नेपाल महागढीमाई संयोजक जयकिसुन यादव सहित विभिन्न स्थानीय तहको युवा नेताहरु नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन । युवा संघ नेपाल महगढीमाई नगर कमिटी अध्यक्ष जयकिसुन यादवले सोमबार एक प्रेस विज्ञपति जारी गर्दै दक्षिणपन्थी, बिकृति, विसंगतिविरुद्ध कम्युनिस्ट आन्दोलनलाई थप उर्जाशील संस्कृतिको रक्षा, मुलुकको सम्वृद्धि र आमजनताको खुसीको लागि नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशभरका युवा शक्ति एउटै खम्बामा आवद्ध हुन महागढीमाई नगर कमिटी अध्यक्ष जयकिसुन यादवले आग्रह गर्नु भएको छ । कार्यक्रममा युवा संघ नेपाल कोल्हबी नगर कमिटी अध्यक्ष बिरेन्द्र चौधरी, युवा संघ नेपाल आदर्श कोतवाल गाउँ कमिटी अध्यक्ष दौलत मन्सुरीलगायत कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साह पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here