करैयामाई,बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित श्रीजन सामुदयिक माध्यमिक विद्यालय मधुबन हरैयामा नव नियुक्त प्रधानाध्यापकको बिहीबार स्वागत गरिएको छ ।

श्रीजयकिसान माध्यमिक विद्यालय रौतहट, धरहरीबाट सरूवा भएर आउनुभएका प्रधानाध्यापक रामबाबु यादवलाई एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद यादव र अभिभावकहरुलेले विद्यालयमा स्वागत गर्नुभएको हो ।

कार्यक्रममा करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राम सुरेश यादव, करैयामाई गाउँपालिका वडा नम्बर ६ का दलित महिला सदस्य शारदा देवी राम, वडा सदस्य राजेन्द्र यादव, वडा नम्बर ५ का वडा सदस्य दिपनी थरूनी, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीले प्रधानाध्यापक यादवलाई फूलमाला र अबिर लगाई विद्यालयमा स्वागत गरेका थिए । प्रधानाध्यापक यादबले बिहीबारबाट नै विद्यालयमा हाजिरी गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here