सोमबारबाट गाईजात्रा पर्व शुरु भएको छ । गाईजात्रा भनेपछि लगभग सबैलाई थाहा छ कि यो एक ब्यग्यले भरिएको पर्व हो । निकै वर्षअगाडि मल्लकालिन राजा प्रताप मल्लले शुरु गरेको यो पर्वले आजको दिनसम्म पनि उत्तिकै महत्व लिइरहेको छ । नागरिकहरुले धुमधामका साथ यो पर्व मनाएका पनि छन् । जे भएपनि गाईजात्राको रौनकमा कमी आएको छैन । तर गाईजात्रामा प्रस्तुत गरिने हाँस्यब्यांग्य रसले भने नेपालमा महत्व नपाउने हो कि भन्ने चिन्ता छ ।

किनभने गाईजात्राको दिनमा हास्य कलाकाहरुले नेपालमा भएका वर्षभरिका बिभिन्न राजनीतिक घटनाक्रमसंगै सामाजिक विकृतिमाथि तीखो प्रहार गर्ने गर्दछन् तर नेपालको सवालमा त यहाँ १२ महिना नै गाईजात्रा भएको देखिन्छ । १२ महिना नै गाइजात्रा हुने देशमा एक दिन वा एक हप्ताको गाईजात्राको के नै अर्थ रहन्छ होला र भन्ने बहस पनि शुरु भएको छ ।

वास्तवमा राजनीतिको नौंटकी नेपालमा भन्दा अरु देशमा कमै हुने गरेका होलान् । एक वर्षको मात्रै समीक्षा गर्ने हो भनेपनि एक ढिक्का रहेको नेकपा भन्ने पार्टी आज टुक्रा टुक्रा भएको छ भने देशको शासनसत्ता नै परिवर्तन भएको छ । धेरै उथलपुथल भएको छ । नेपालको सांस्कृतिक पर्वलाई समेत मात खुवाउने गरी नेपालमा राजनीतिक गाईजात्रा भएका छन् यो सत्य कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here