नरेश गुप्ता

कलैया उपमहानगरपालिका वडा नम्बर १० को वडा सचिव खेदु मियाँ अंसारीले सिफारिसको नाममा स्थानीय सेवाग्राहीसंग मनोमानी रकम असुल्दै आएको समाचार प्राप्त भएको छ ।

नेपाली नागरिकताको प्रमाण पत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यलय बाराले माग गरेअनुसारको सहरजमिनको मुचुल्काको सिफारिस गर्दा सचिव मियाँले सेवाग्राहीसंग रसिद नकाटी रकम लिने गरेको स्थानीय निलकण्ठवा निवासी हफिजुलाह मियाँ धुनियाले बताउनुभयो । धुनियाले छोरा रेयाज मंन्सुरको नागरिकता बनाउन वडा कार्यालयबाट सहरजमिन माग गर्दा सचिव अन्सारीले आफूसंग ५ सय रुपैया लिएको बताउनुभयो ।

जिल्लाका अन्य वडा कार्यलयले कुनै किसिमको रकम लिएपछि अनलाइन वा रसिद नै काटेर रसिद दिने गरेका छन । तर कलैया उपमहानगरपालिका वडा नम्बर १० का सचिव मियाँले रसिद नदिइ रकम लिने र सहरजमिन प्रमाणिकरण गर्ने गरेको धुनियाले बताउनुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० का सचिव अंसारीले बसतपुरस्थित नगरपालिकाको वडा नम्बर २० कार्यलयमा समेत कामकाज गर्दै आएका छन । एउटै सचिवले दुईवटा वडा कार्यलयमा काम गर्दा सेवा प्रभावित हुने गरेको स्थानीयले बताएका छन । यस विषयमा वडा सचिव मियाँसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here