सेढवा,पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ जगरनाथपुरमा बिहिबार राती आगलागी भएको छ । स्थानीय जोेगेन्द्र महरा चमारले लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएर उनको घर, नजिकै रहेको मंगल राम चमार, लक्ष्मण राम चमार, रामचन्द्र राम चमार, कपिल राम चमार र राजेश महरा चमार गरी ५ वटा घर जलेर नष्ट भएको पिडितले बताएका छन् ।

राति १ बजे भएको आगलागी करिब साढे २ घण्टापछि स्थानीय, प्रहरी, दमकल लगायतको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । आगलागीबाट घर, अन्न, लत्ता कपडा, अन्य जिन्सी गरी करिब ५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here