नरेश गुप्ता

बरियारपुर,बारामा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला प्रशासन कार्यलय बाराले जनाएको छ ।

नेपाल सरकारले बारा लगायत अन्य जिल्लामा पनि राष्ट्रिय परिचयपत्र बनाउन कर्मचारी खटाएको छ । विगत एक वर्ष अगाडिदेखि सरकारको नीति अनुसार हरेक नागरिकले राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने भएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत मुरारी कार्कीले बताउनुभयो ।

राष्ट्रिय परिचय पत्रले पनि नागरिकता सरह बैङ्किग कारोबार, राहदानी, रासनभत्ता, समाजिक सुरक्षा भत्ता लगायत अन्य प्रयोजनमा प्रयोग हुने भएकोले नागरिकता सरह नै यसको महत्व रहेको कार्कीले बताउनुभयो । राष्ट्रिय परिचय पत्र बनाउने व्यक्तिको अभिलेख सबै डिजिटल आउने भएकोले यसको उपयोग अन्य प्रशासनिक कार्यमा पनि हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय परिचय पत्रको लागि बुवा, आमाको नागरिकता, बसाइँसराइ गरेको भए बसाइँसराइको प्रमाणपत्र, कुमारीमा नागरिकता बनाएको तर बिवाह भइसकेको भए उनीहरुको हकमा बिवाह दर्ता प्रमाण पत्र जस्ता कागज प त्र चाहिने राष्ट्रिय परिचय पत्र फांँटकी सीता अधिकारीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रको पनि नागरिकता सरह नै डिजिटल अभिलेख हुने भएकोले यसको प्रयोग हुने बित्तिकै बनाउनेको संख्यामा पनि वृद्धि भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०८८÷०८९ को साउन महिनामा मात्र ५ सय ५९ जना पुरुष र ५ सय ८ जना महिलाले जिल्ला प्रशासन कार्यलय बाराबाट राष्ट्रिय परिचय पत्र बनाएका छन । राष्ट्रिय परिचयपत्रको प्रयोग राज्यले समबन्धित ठाउँमा प्रयोग हुने जनाएपछि बनाउनेको संख्यामा समेत वृद्धि हुने प्रमुख प्रशासकिय अधिकृत कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here