कलैया,कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवको माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरीमा डुबेर अर्की एक बालिका घाइते भएकी छन् ।

शुक्रबार साँझ कलैया उपमहानगरपालिका वडा नम्बर १६ पकडीस्थित यादवको माछामा पोखरीमा डुबेर स्थानीय विरेन्द्र रामका ४ बर्षिय छोरा अभिषेक रामको मृत्य भएको हो ।

यद्यपि प्रहरीले भने मेयरको माछा पोखरीमा नभइ सडक खन्ने क्रममा बेनेको खाल्डोमा जमेको पानीमा डुबेर एकजना बालकको ज्यान गएको अर्की एक बालिका घाइते भएको बताएको छ ।

मृतक अभिषेकसँगै खल्न गएकी उनका काका हरेन्द्र रामकी छोरी ५ बर्षिया सन्जना कुमारी घाइते भएकी हुन । उनको उपचारपछि स्वस्थ्यमा सुधार आएको र शनिबार अभिभावकले डिस्चार्ज गरी घर लगेको बाराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । अभिषेखको भने उपचारका क्रममा शुक्रबार राती नै कलैया अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक यादवले सडक खन्ने क्रममा बेनेको खाल्डोमा जमेको पानिमा डुबेर बालकको ज्यान गएको र बालिका घाइते भएको बताउनुभयो ।

घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा पानीमा डुबेका दुबै बालकको धान गोडेर फर्कदै गरेका स्थानीयले उद्धार गरेर अस्पताल पठाएका थिए ।

स्थानीयका अनुसार पोखरी कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवको हो । माछा पालन गर्ने उदेश्यले गत वर्ष मात्रै गाउँ नजिकै उहाँले पोखरी खनाउनु भएको थियो । मेयरको पोखरीमा डुबेर बालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् ।

पडित पक्षसँग शनिबार कलैयामा भएको छलफलमा मेयर यादवले ३ लाख रुपैया क्षेतिपूर्ति दिने सहमति गरी मिलापत्र गरेको वडा नम्बर २ का अध्यक्ष राजेश मण्डलले जानकारी दिनुभयो । सहमतिपछि कलैया अस्पतालबाट परिवारले बालकको शव बुझेको उहाँले बताउनुभयो । मिलापत्रको क्रममा अभिभावकको सहमतिमा सडक खन्ने क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको ब्यहोराको जाहेरी प्रहरीमा गराइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here