कलैया,क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट बाराका कांग्रेश कार्यकर्ताहरुले काग्रेश केन्द्रीय कार्यालयमा एक महिनाअघि शुरु गरेको धर्ना अझै जारी राखेका छन । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय गएको एक महिनायता बाराका नेता–कार्यकर्ताले धर्ना दिदै आएका छन । क्रियाशील सदस्यता वितरणमा भएको भनिएको धाँधली छानबिन गर्न आफूहरूको माग अझै सम्बोधन नभएपछि पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई विगत ३४ दिनयता लगातार धर्ना दिदै आउनु परेको नेपाली कांग्रेस बाराका सचिव मनोज भट्टले बताउनुभयो । ‘हाम्रो माग शंवोधन गर्न नेतृत्वले चासो देखाएन, उहाँले, भन्नुभयो, माग पुरा नभएसम्म धर्ना जारी राखिने छ । जिल्लाबाट पुगेका करिव ५० जना कार्यकर्ताहरुले पार्टी केनद्रीय कार्यालयमा धर्ना जारी राखेका हुन । सचिब भट्टले आफूहरूलाई न्याय नदिएसम्म जिल्ला नआउने चेतावनीसमेत दिनुभएको छ ।

क्रियाशील सदस्यता वितरणको क्रममा संस्थापन पक्षले आफना मान्छेहरुलाई विधान विपरित सदस्यता दिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका निजगढ, कलैया, महागढीमाई लगायत विभिन्न तहका कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमा धर्ना दिदै आएका छन । सोही विवादमा जिल्लाका संस्थापन पक्षधर कार्यकर्ताले शुरु गरेको धर्ना भने टुङ्गिएको छ । विधानसम्मत रुपमा सिफारिस गरिएको क्रियाशील सदस्यता अर्को पक्षले रोक्ने प्रयास गरेपछि धर्ना दिनु परेको प्रधानमन्त्री एंव पार्टी सभापती शेरबहादुर देउवा निकट निकट मानिने कांग्रेशको निजगढ नगर कमिटी सभापती महेशी कुवँरले बताउनुभयो । ‘वडाबाट सिफारिस भएर गएकाको सदस्यता कायम हुने भएपछि धर्ना फिर्ता भयो, कुवँरले भन्नुभयो, अर्को पक्षका सार्थीहरु अझै पनि सदस्यता खारेज हुनु पर्ने माग राखेर बस्नु भएको छ ।’ उहाँले कसैले धर्ना दिएको आधारमा नै तल्लो तहबाट सिफारिस भइ गएको सदस्यता रोक्न नमिल्न बताउनुभयो । त्यस्तै पार्टी कार्यालयमा कैलाली र रौतहटका कार्यकर्ता पनि धर्नामा बस्दै आएका छन । ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरू पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनुपरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here