बरियारपुर,युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीले शुक्रबार स्थानीय एक क्यान्सर पिडीतलाई २६ हजार ५ सय सहयोग गरेको छ ।
बाराको प्रसौनि गाउँपालिका वडा नम्बर ३ का क्यान्सर पिडीत बिजय साहलाई युवा संघ नेपाल कलैया नगर कमिटीले २६ हजार ५ सय रुपैया राहत सहयोग गरेको हो । युवा संघ कलैया नगर कमिटी अध्यक्षले पिडीत साहको घरमा पुगेर नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला उपाध्यक्ष एवम बारा क्षेत्र नम्बर ४ का प्रत्यासी उमेदवार देवनारायण चौधरीको अगुवाइमा राहत हस्तान्तरण गरेको हो । साह ब्लड क्यान्सरबाट केहि दिनदेखि पिडीत हुदै आउनुभएको छ । साहको परिवारमा श्रीमतिसंगै एक छोरा र दुई छोरी छन् ।
राहत हस्तान्तरण कार्यक्रममा जिल्ला कमिटी सदस्य ध्रुव यादव, सुरेश मोदक, नेकपाका नेता अरुण खानाल, बिक्रम ठाकुर, युवा संघ नेपाल बाराका अध्यक्ष राम यादव, जिल्ला सदस्य शशी दास, नगर कमिटिका सचिव जितेन्द्र साह, कोषाध्यक्ष तारिफ अन्सारी, लौतन गाउँका समाजसेवी संजय तिवारी लगायतको सहभागिता रहेको थियो ।