स्वास्थ्य वास्तवमा मानिसको लागि सबैभन्दा ठुलो धन हो । मानिसले हरेक कुरासंग संघर्ष गर्न सक्छ तर रोगसंग भने कुनै न कुनै रुपमा संझौता गर्नु नै पर्दछ । रोग लागेपछि उपचार गर्नुको विकल्प हुदैन । कतिपय रोगहरु उपचार नहुँदा समेत समस्या हुने गरेको छ । यस्तै रोग कोरोनाले अहिले सबैलाई आजित बनाइरहेको छ र यही बेलामा वीरगन्ज क्षेत्रमा भने कोरोना जस्तै लक्षण भएका बिरामीहरु बढेको पाइएको छ । वीरगन्ज सहितका अस्पतालहरुमा यो समस्या देखिएको हो ।

यो समस्याले अहिले नागरिकहरु प्रताडित भएका छन् । दैनिक अस्पतालमा उपचार गराउन आउनेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । अब यस्तो समस्या देखियो भनेर आत्तिनु हुदैन । यस्ता समस्या आयो भने सावधानी अपनाउन भने आवश्यक छ । कोरोनासंग लड्नु परिरहेको यो अवस्थामा फेरि अर्को समस्याले बढी तनाब दिएको छ तर सावधानी अपनाउनु पर्दछ ।

बेलैमा सावधानी अपनाउन सकियो भने यस्तो समस्याबाट पार पाउन सकिने छ । आत्तिनु वा डराउनु भन्दा पनि सचेत र सावधानी हुदै यस्ता रोगको पहिचानका लागि नजिकको स्वास्थ्य संस्थामा जान आवश्यक छ । चिकित्सकहरुको सुझाव र सल्लाहामा आवश्यक सावधानी अपनाएर यो रोगबाट टाढै बसौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here