निजगढ,

क्रियाशील सदस्यता वितरणमा विवाद उत्पन्न भएपछि नेपाली काग्रेश बारा जिल्ला सभापती जयचन्द्र चौरसिया र पूर्वजिल्ला सभापती लालबाबू सिंहको समुह केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन ।

संविधानसभा सदस्य तथा पूर्वसभापती सिंह नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समुह निकट कार्यकर्ताको टोली पार्टी समायोजन, पार्टी प्रवेश, र वडा कार्यसमितिको सिफारिसबिना नै सदस्यता वितरण गरिएको भन्दै खारेजीको माग राखेर गत आषाढ २७ गतेदेखि धर्नामा बसेको हो । पूर्वसभापति सिंह नेतृत्वको समुह १८ दिनदेखि धर्नामा छ ।

कार्यकर्ताहरुले कार्यालय सानेपाको मुल ढोकामा धर्नामा दिएको ३ हप्ता पुग्नलाग्दा समेत केन्द्रीय कार्यसमितिले कुनै चासो नदेखाएको सो समुहको गुनासो छ । बरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु डा. शेखर कोइराला, डा.रामशरण महत, सितादेवी यादवलगायत अन्य नेताहरु धर्ना स्थलमा पुगेर एक्यवद्धता जनाएपनि आफुहरुको मागको कुनै सुनुवाइ नभएको भन्दै सिंह नेतृत्वको समुहले असन्तुष्टी जनाएको छ । बिजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेता सुनिलबहादुर थापा लगायतको समायोजनको नाममा पार्टीभित्र छलफल र निर्णय नै नगरी समायोजन गरिएका र पार्टीका सदस्य नै नरहेकाहरुलाई एकलौटी ढंगले निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती विजयशंकर यादव, नेपाली कांग्रेस बाराका सङ्गठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकी, जिल्ला सभापती जयचन्द्र चौरसियालगायतका नेताहरुले आफु निकट व्यक्तिहरुलाई मात्र क्रियाशील सदस्यता वितरण गरेको र विधान र प्रकृया विपरीत वितरण गरिएको सदस्यता खारेज गर्नुपर्ने नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले बताउनुभयो । महाधिवेशनमा आफनो समुहलाई बलियो पार्न आफू निकट व्यक्तिहरुलाई आफुखुशी सदस्यता वितरण गरिएको मेयर खनालले आरोप लगाउनुभयो ।

क्रियाशील सदस्यताको लागि वडा कार्यसमितिले सिफारिस गरेको नाम माथिल्लो तहबाट काटिनु पार्टीको विधान विपरीत रहेको अर्का महाधिवेशन प्रतिनिधि पेमासिद्धी लामाले बताउनुभयो । क्षेत्रीय सभापतीहरुले वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम नै वितरण नगरी पार्टी विधान र नियम मिचेको महाधिवेशन प्रतिनिधि समेत रहनुभएका नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको भनाइ रहेको छ । क्षेत्र नम्बर २ मा वडा कार्यसमितिलाई क्रियाशील सदस्यता फारम नै नबुझाई आफु निकट व्यक्तिहरुलाई क्रियाशील सदस्यता वितरण गरेको भन्दै यसरी विरतण गरिउको क्रियाशील सदस्यता खारेज हुनुपर्ने रौनियारको माग रहेको छ । पार्टी विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्नेहरुलाई छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने निवर्तमान सहमहामन्त्री रौनियारले बताउनुभयो ।

जिल्ला सभापती चौरसिया समुहले पूर्वजिल्ला सभापती तथा संविधानसभा सदस्य लालबाबु सिंह, निजगढका मेयर सुरेशकुमार खनाल लगायत अन्य थुप्रै नेता तथा कार्यकर्ताहरुको क्रियाशील सदस्यता नवीकरण नगरेकोप्रति तल्लो तहका कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाएका छन ।

जिल्ला सभापती चौरसिया समुहले भने आफुहरुले विधि र प्रकृयाअनुरुप नै वितरण गरेको सदस्यता खारेजीको माग राखेर अर्को समुहले धर्ना शुरु गरेपछि त्यसलाई कायम गराउन धर्ना शुरु गरेको हो । सो समुहले भने १ साताअघिबाट धर्ना शुरु गरेको हो । पार्टी समायोजन, पार्टी प्रवेश, १३ औ महाधिवेशनमा छुट भएका लगायत वडा कार्यसमितिबाट सिफारिस भएका क्रियाशील सदस्यता सदर हुनुपर्ने सभापती चौरसिया समुहको माग छ ।

यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५÷१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उहाँले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि बिहिबार फेरि पार्टीको बैठकमा छलफल हुनेछ । क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here