वीरगन्ज,प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत वीरगन्जका ३ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाइ बिहीबार साइकल वितरण गरिएको छ । वीरगन्जको बिर्तास्थित सुन्दरमल रामकुमार कन्या मावि, माईस्थानस्थित माईस्थान विद्यापिठ मावि र रेशमकोठीस्थित त्रिभुवन हनुमान माविको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो । तीन वटै विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दी आफैले छात्राहरुलाई साइकल हस्तान्तरण गर्नुभएको हो ।

तीनवटै विद्यालयमा गरि २ सय ९० जना छात्राहरुलाई साइकल वितरण गरिएको मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो । माईस्थान विद्यापिठ माविमा १ सय २०, त्रिभुवन हनुमान माविमा ९८ र कन्या माविमा ७२ जना छात्रालाई साइकल वितरण गरिएको यादवले बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पूर्वअध्यक्षहरु प्रदीप केडिया र गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वडा अध्यक्षहरु ध्रुब नेपाल, प्रदीप चौरसिया, बसन्त भक्कड, जगत साह कानु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर १ पिपरपातीस्थित नेरामावि, पकडिया र कुडवास्थित आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने ९९ जना छात्रालाई बिहीबार साइकल वितरण गरिएको छ ।

साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमेशकुमार यादवले प्रदेश सरकारले लागू गरेको बेटी पढाऊ, बचाऊ कार्यक्रमले छोरा र छोरीबीच हुने भेदभाबको अन्त्य गर्न सहयोग मिलेको बताउनुभयो ।

देशमा संघीयता लागू भएपछि महिलाहरु सुरक्षित बन्ने अवस्था आएको र प्रदेश २ सरकारले महिलाहरुको हितको लागि महत्वपूण काम गरेको उहाँले बताउनुभयो ।

उहाँले जबसम्म छोरीलाई शिक्षित तुल्याउन सकिदैन तबसम्म समाजको विकास पनि नहुने बताउदै छोरा र छोरीमा भेदभाब नगरी विद्यालय पठाउनु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, नगर शिक्षा समिति संयोजक प्रमोदप्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, वडा सदस्य चन्द्रशेखर प्रसाद साह, अवधभुषण यादव, राजिव यादवलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here