केपी ओलीको बर्हिगमनपछि नेपालको प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चयन भएका छन् र उनले आफ्नो दैनिकी पनि अगाडि बढाइरहेका छन् । यद्यपि देउवाको एकल सरकार भने होइन यो । यो गठबन्धनको सरकार हो । अझै एमालेका बरिष्ठ नेता माधव नेपालको बिद्रोहले नै देउवालाई पाँचौं पटक त्यो पदमा पु¥याएको हो । त्यसैले पनि देउवाले आफूलाई प्रधानमंत्री बनाउनेहरुको बिषयमा ध्यान दिन आवश्यक छ ।
त्यसो त उनले दिएको पनि देखिन्छ । मुलुक विधि र पद्दतिबाट अगाडि बढ्ने हो । हिजो केपी ओलीबाट कुनै न कुनै हिसावले विधि र प्रद्दति मिच्ने काम भएकै हो । जसको परिणाम स्वरुप मुलुक केही पछाडि पनि परेको छ । बिश्वासको मत पाए देउवाले करिब १८ महिना अब सरकार संचालन गर्ने छन् र नपाए संभवत ६ महिनामा चुनाव गर्ने छन् ।
त्यसैले पनि देउवाले अब आम नागरिकहरुको समस्यामा ध्यान दिएर फटाफट काम गर्नुपर्दछ । तत्काल मन्त्री परिषद बिस्तार हुने त संभावना कम देखिन्छ तैपनि आवश्यकीय मन्त्रालय तत्काल मिलाएर मुलतः कोरोनाको खोप चुनाव अगाडि सबै नागरिकहरुलाई लगाउन सकेको खण्डमा पक्कै पनि यो सरकारको जयजयकार हुनेछ ।