निजगढ,युथ अफ निजगढले शुक्रबार एक कार्यक्रमबीच निजगढका १६ वटा क्लबहरुलाई खेल सामग्री वितरण गरेको छ ।

निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले सहयोगमा क्लबका प्रतिनिधिहरुलाई फुटबल, बुट, जर्सी, प्याड लगायतका खेल सामग्री वितरण गर्नुभएको हो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनुभएकी उपप्रमुख लामिछानेले युथ अफ निजगढले सामाजिक कार्यमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले युथ अफ निजगढबाट सिकनेर निजगढका अन्य संघसंस्थाहरुले पनि समाजसेवामा काम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा निजगढ नगरपालिका योजना शाखा प्रमुख पद्मराज तिमल्सिना, लेखा प्रमुख शिवप्रसाद देवकोटालगायतले मन्तव्य राख्नु भएको थियो ।

निजगढ नगरपालिकाको ५ लाखको आर्थिक सहयोगमा संस्थाले निजगढका विभिन्न वडामा रहेका क्बलका खेलाडीहरुको लागि उपयोगी सामग्री वितरण गरेको हो । सोही कार्यक्रममा संस्थाकोतर्फबाट उपप्रमुख लामिछानेले निजगढ डान्स स्टुडियो र बाल क्लबलाई १÷१ थान डिजिटल साउण्ड बक्ससमेत प्रदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष इराज कोइरालको अध्यक्षमा भएको सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा वरिष्ट सल्लाहाकार भाइकाजी श्रेष्ठ, जीतलाल श्रेष्ठ र क्लबका खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बारा शाखाकी महिला उपाध्यक्ष लक्ष्मी पाण्डेले गनुर््भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here