हेटौंडामा रहेको सडक कार्यालयले कोरोना आउनुभन्दा अगाडि केही जग्गाधनीहरुलाई आतंकित बनाएको थियो । सडक कार्यालयले सडक अक्रिमण गरी बनाइएका घर टहराहरु हटाउन भनेको थियो । घर टहराहरु हटाउनका लागि उसले समय पनि दिएको थियो तर कोरोना आएपछि यो अभियानले केही गति लिन नसकेको जस्तो देखिएको छ । यो भनेको सडक अतिक्रमणको चपेटामा छ भन्न पक्कै खोजिएको हो ।

त्यसो त अहिले बर्षायाम शुरु भएको छ । बर्षायाममा पानी पर्नु स्वभाविक पनि हो । कुनै साल धेरै पानी पर्ला त कुनै साल कम पानी पर्ला छ । यो वर्ष अत्याधिक पानी पर्ने कुरा विज्ञहरुले बताउदै आएका छन् । त्यसैले पनि पानी पर्नुभन्दा पहिला नै सावधानी अपनाउन आवश्यक चैं छ तर पनि सावधानी कसले अपनाउने भन्ने कुरा चैं महत्वपूर्ण छ ।

बारा र पर्सा बाढीबाट कम प्रभावित छन् तर डुबानका कारण हरेक साल समस्यामा पर्दै आइरहेका छन् । वास्तवमा डुबान समस्या निम्तनुमा केवल सरकार मात्रै दोषी छैन । सडक अतिक्रमण गरी, नाला अतिक्रमण गरी घर बनाएपछि डुबानको समस्या सहजै हट्न सक्दैन । त्यसैले पनि डुबानको समस्या समाधानका लागि सबैले आफ्नो ठाउँबाट सोच्नुपर्छ । पानी पर्नुभन्दा पहिला नै यस बिषयमा सोचिएको खण्डमा बर्षा आएपछि हुने डुबानको समस्या समाधान पक्कै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here