वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा मंगलबार अपरान्ह शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । करिब ३२ बर्षकी जस्तो देखिने हिम माया अस्लामीको शव अपरान्ह ४ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनका पति लागू औषध मुद्दामा काठमाडौं जेलमा रहेको र उनको शव उनी बसेको कोठामा भेटिएका काण घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरीले उनको कोठामा आइरहने सुमन बिश्वकर्मा भन्ने युवकलाई समेत पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो । अस्लामीको आत्महत्या वा हत्या के हो भन्ने बिषयमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिने पनि खनालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here