पुष्पराज खतिवडा

मनहर्वा,बर्षासंगै परेको चट्याङ लागेर बाराको जीतपुरसिमरामा बुधबार साँझ एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० को बस्डिलवाका बिसुनदयाल ठाकुरको घरअगाडि साँझ ६ बजे खसेको चट्याङ लागेर वर्ष २८ का स्थानीय विजयप्रसाद यादवको मृत्यु भएको हो । चट्याङ लागरे गम्भीर घाइते भएका यादवलाई स्थानीय प्रहरीको सहयोगमा कलैया अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

त्यस्तै चट्याङमा परेर बिसुनदयाल ठाकुरको श्रीमती अन्दाजी वर्ष ५५÷६० की शान्तिदेवी र हमिद मिया अन्सारीको छोरा अन्दाजी वर्ष २४ का सहमुदीन अन्सारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेको अवस्था सामान्य र हाल जिल्ला अस्पताल कलैयामा उपचार भैरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here