वीरगन्ज,प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागि भएपछि प्रदेश २ मा पनि सत्ता समिकरणमा फेरबदल हुने देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेपछि सत्ताको समिकरणमा परिवर्तन हुने सम्भावना देखिएको छ।

जनता समाजवादी पार्टी ९जसपा० प्रदेश २ को संसदीय दलको बहुमत सदस्यले दलको नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउनु भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्री लालबाबु राउतले हटाउनु भएको हो ।

महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर पुग्नु भएको थियो । यादवकै सक्रियतामा आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उहाँलाई जसपाका ५५ मध्ये ३६ जना सांसदको साथ छ । राउतको पक्षमा हस्ताक्षर गर्नेमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ जना छन् । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको २९, राजपाको २५ सिट थियो । स्वतन्त्रबाट निर्वाचित शेख अबुल कलाम आजाद पार्टी प्रवेश गरेपछि ५५ सिट पुगेको छ ।

कांग्रेस र माओवादी अब सरकारमा जाने

नेपाली कांग्रेस र माओवादी केन्द्रलाई अब प्रदेश २ सरकारमा सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ । यसबारे कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति भइसकेको जसपा स्रोतको दाबी छ । कांग्रेस र माओवादी केन्द्रका प्रदेश २ का नेताहरुसँग छलफल भइरहेको छ ।

उहाँका अनुसार कांग्रेसले मुख्यमन्त्री दाबी गरेका छन् । तर जसपा नेताहरुले भने राउतकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भइसकको बताउँछन् । उपसभापति विमलेन्द्र निधिजीले मुख्यमन्त्री दाबी गर्नु भएको भएपनि जसपाकै नेतृत्वमा सहमति जुट्ने बताईएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले पनि सत्ता सहकार्यबारे छलफल भइरहेको बताए । अहिले भइरहेको छलफलअनुसार सहमति जुटेमा सरकारका लागि चाहिने बहुमत पुग्छ । प्रदेशमा हाल कायम रहेको १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद थपिँदा ६३ पुग्छ ।

झोला बोकेर निस्किए सोनल

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट हटेपछि जनता समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले मन्त्री निवास छोड्नु भएको छ । आईतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गर्नुभएको थियो । सोन सहित अन्य तीनजना राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री राउतले पदमुक्त गर्नुभएको थियो ।

जनता समाजवादी पार्टीको महन्थ, राजेन्द्रपक्षसँगको विवादपछि अध्यक्ष उपेन्द्र यादव जनकपुर आएर आफ्नो बहुमतको सरकारका चारजना मन्त्रीलाई बर्खास्त गरी नयाँ राजनीतिक समिकरणको खेलमा लाग्नु भएको छ । मुख्यमन्त्रीको दावेदार समेत रहेका सोनल सत्ता समिकरण फेरबदल पछि भने सत्ताबाट बाहिरिनु भएको छ । उहाँ सरकारी

निवास छोडेपछि अहिले जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिनुभयो । मन्त्री निवासबाट बाहिरिएपछि उहाँ मोटरसाईकलमा होटलसम्म जानुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here