सरकारले कोरोनाविरुद्धको खोपअभियान नेपालमा गएको माघमहिनाबाट नै शुरु गरेको छ । यद्यपि नेपालको एक चौथाइ नागरिकहरुले समेत अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । तर पनि अब खोपको विकल्प छैन । सबै नागरिकहरुलाई सहज रुपमा खोप उपलब्ध गराउनु सरकारको कर्तव्य र दायित्व हुनेछ । हुनत सरकारले पनि प्रयास गरेको देखिन्छ ।

सरकारले भन्दा पनि राष्ट्रपतिको तर्फबाट प्रयास भएको छ यो राम्रो कुरा हो । आफ्ना देशका नागरिकहरुका लागि राम्रो कामका लागि संविधान नै मिच्न परेपनि त्यसमा कसैले आपत्ति जनाउनुहुन्न । तर राष्ट्रपति विद्यादेवी भण्डारीको खोपमा लिएको पहलमा केही विरोधका स्वर पनि सुनिएका छन । जुनसुकै कुरामा मा पनि विरोधको राजनीति गर्नु राम्रो होइन । राष्ट्रपति भण्डारीको आग्रहमा भर्खर चीनबाट खोप ल्याइएको छ । करिब दश लाख डोज खोप आएको छ ।

लगाउनुपर्ने नागरिकहरुको संख्या धेरै छ । त्यसैले पनि सरकारले पनि पु¥याउनु पर्नेछ । यद्यपि अब खोपलाई पहिलो लक्ष्य बनाएर सरकार अगाडि बढ्नु पर्दछ । खोपको विकल्प अब छैन । जसरी भएपनि खोपको पहँुचमा नागरिहरुलाई पु¥याउन आवश्यक छ । अनि मात्रै सरकारको पनि जयजयकार हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here