नरेश गुप्ता

बरियारपुर,जनता समाजवादी पार्टी बाराले विघटित प्रतिनिधि सभा प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार कलैयामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्ला दहन गरेको छ ।

समाजवादी पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बेलुकी ५ बजे कलैयास्थित भरतचौकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएकोे हो ।

पार्टीको कलैया उपमहानगरपालिका नगर अध्यक्ष शिवनाथ पटेलको अगुवाइमा जसपाका कार्यकर्ताहरुले प्रर्दशनपछि पुत्ला दहन गरेको पार्टीको युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेले बताउनुभयो । प्रर्दशनमा सहभागी जसपा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गर्दै संसद विघटन खारिज र संसद पुनस्र्थापनाको माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here