कलैया,नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ ले बारा, पर्सा शाखा र जिल्ला प्रशासन कार्यालय बारालाई कोभिड–१९ बाट जोगिने स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का अध्यक्ष फूलमहम्मद मियाँले नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेललाई शाखा कार्यालय वीरगंजमा सर्जिकल मास्क २८ हजार थान, एन–९५ मास्क १५ सय थान, व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० ३५ थान हस्तान्तरण गर्नुभएको थियो । प्रदेश अध्यक्ष मियाँले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाराका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई १० हजार थान सर्जिकल मास्क र ५० सेट व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० हस्तान्तरण गर्नुभएको थियो । उहाँले नेरेसो बारा शाखालाई २३ हजार थान सर्जिकल मास्क, १ हजार थान एन–९५ मास्क र १५ थान व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको पर्सा रेडक्रसका सहायक राजन श्रीवास्तवले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा प्रदेश रेडक्रसका कोषाध्यक्ष दिव्यनाथ श्रेष्ठ, मन्त्री धीरेन्द्र यादव, बाराका सहायक प्रजिअ उदय नेपाल, शैलेन्द्र प्रसाद, सन्तोष नेपाल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here