नरेश गुप्ता

बरियारपुर,सरकारले हालै अध्यादेशमार्फत ल्याएको नागरिकता सम्बन्धि ऐनको समर्थन गर्दै नेकपा एमाले बाराले बुधबार कलैयामा प्रदर्शन गरेको छ ।

मन्त्रीपरिषदबाट हालै पारित गरिएको नागरिकता सम्बन्धि अध्यादेशको विरोध गर्नेहरुको भण्डाफोर गर्दै कलैया बजारमा प्रदर्शन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव महमद समिरले जानकारी दिनुभयो । त्यस अवसरमा एमाले कार्यकर्ताहरुले नागरिकता माथिको षड्यन्त्र बन्द गर, नागरिकता विहिनलाई नागरिकता प्रदान गर, मधेश विरोधी उपेन्द्र यादव मुर्दावाद जस्ता नारा लगाउदै कलैया बजार परिक्रमा गरेका थिए । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै भिडभाड नगरी समाजिक दूरी कायम गरि नागरिकता सम्बन्धि अध्यादेशको समर्थन गरिएको समिरले बताउनुभयो । जन्मसिद्धको आधारमा नेपाली नागरिकता पाएकाहरुका छोराछोरीले समेत वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने र आमाको नामबाट समेत वंशज नागरिकता पाउने प्रावधानसहित हालै मन्त्रीपरिषदको बैठकले अध्यादेश ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here