सेढवा,पर्साको जगरनाथपुरका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार पर्सामा थपिएका ७५ संक्रमितमध्ये २५ जना जगरनाथपुर गाउँपालिकाका हुन् । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ बाट ४० जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ का १ जना, वडा नम्बर ५ का ९ जना, वडा नम्बर ६ का १५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसअघि बढी ज्वरोका बिरामी भेटिएको चिलझप्टीमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले आफूहरुलाई केही नभएको भन्दै स्वाब संकलन गर्न मानेका थिएनन् । प्रहरी र स्वास्थ्यकर्मीले सम्झाउँदा समेत उनीहरुले स्वाब नमुना दिन अस्वीकार गरेका थिए । यसअघि जगरनाथपुरको चिलझप्टी, मसियानी लगायतका गाउँका २५ जनाको पीसीआर परीक्षण गर्दा १७ जना र ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गराईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष जालिम मियाँले संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक कदम चालिसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here