जिल्ला प्रशासन कार्यालय बारा र पर्साले बुधबार फरक फरक सूचना जारी गर्दै जिल्लाहरुमा जारी गरिएको निषेधाज्ञाहरु थप एक साता लम्बाउने निर्णय गरेका छन् । बारामा भने यो निषेधाज्ञा अझै १५ गतेसम्म कायम रहने छ र पर्सामा १३ गतेसम्म । निषेधाज्ञाको समीक्षा गर्ने हो भने पर्सामा १३ गते र बारामा १५ गतसम्मको अवधि लगभग एक महिनाको हाराहारी हुन्छ । जिल्लामा हाल फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै निषेधाज्ञा लगाइएको हो ।

बारा र पर्सा जिल्ला भूगोलका हिसावले समान जिल्ला हुन् । बारा र पर्सा एक अर्काबीनाको जिल्लाको गतिविधि लगभग संभव छैन । रौतहट वा छिमेकी अन्य जिल्लाहरुबाट यी जिल्लालाई अलग राखे पनि बारा र पर्सालाई राख्न सकिन्न । यो अर्थमा पनि बारा र पर्सा जिल्ला अलग भएपनि भावना र भूगोलले एकै जस्ता छन् । अनि निषेधाज्ञा पनि यसैको एउटा कडी हो ।

प्रशासनले जारी गरेको निषेधाज्ञाले आम जनजीवन कष्टकर छ । नागरिकले निकै दुःख झेल्न परेको पनि छ । तर, यो दुःख अझै केही दिन झेल्न पर्ने भएको छ । अझै केही साता दुःख झेलियो भने पक्कै पनि सुखद क्षण आउन सक्ने अनुमान लगाउन सकिन्छ । त्यसैले अबको केही दिन अझै दुःख सहन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here