करैयामाई,बाराको करैयामाई गाउँपालिका वडा नं.२ करैयामा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बाराको आयोजना र प्रदेश नं.२ को आर्थिक सहयोगमा आयोजना गरिएको तीनमहिने सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ । तालिममा स्थानीय २० जना महिलाहरू सहभागी रहेका थिए । तालिममा नेपाल कपडा सिलाई व्यवसायी संघ बाराका निवर्तमान अध्यक्ष जहिर अंसारी र किरण यादवले प्रशिक्षण दिनुभएको थियो । तालिममा उत्कृष्ट हुने रीमा चौधरी, दिपमाला मुखिया र निर्मला मुखियालाई प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाराको अध्यक्ष रहमतुल्लाह मन्सुरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रदेश नं. २ कीे अर्थ राज्यमन्त्री उषाकुमारी यादवको स्वकीय सचिव सिकिन्द्रप्रसाद यादव, स्थानीय समाजसेवी प्रभुप्रसाद यादव, सञ्चारकर्मीहरूलगायतको उपस्थिति रहेको थियो । वडा नं.२ की वडा सदस्य तेजमन्ति चौधरीको आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here