कलैया, कोभिड १९ को कारण बारामा हालसम्म १२ महिला सहित ६२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय बाराको तथ्यांक अनुसार पहिलो लहरको कोरोनाका बेला ७ महिला २६ पुरुष गरी ३३ जनको भएको थियो । कोभिडको दोस्रो लहरको महामारीमा ५ महिला र २४ जना पुरुष गरि जम्मा २९ जनाको कोरोना बाट मृत्यु भएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । कोभिड १९ को दोस्रो महामारी बारा जिल्ला पनि उच्च जोखिममा रहेकोले जिल्ला प्रशासन कार्यलय बाराले अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरेको छ । बारामा लगाइएको निषेधाज्ञा पुर्ण रुपमा पालना हुन नसकेको देखिएको छ ।

जिल्ला सदरमुकाम कलैयामा रहेका पसलहरु बिहान ६ बजेदेखि ११ बजे बन्द गर्नु पर्ने प्रवधान रहेको भएपनि अधिकास पसलहरु खुलेका छन । कोभिड १९ को दोस्रो महामारीमा बारा जिल्लाको विभिन्न स्थानीय तहमा बनाइएका आईसोलेसन वार्डमा ५ जना महिला र १८ जना पुरुष गरि २३ जना उपचार गराइरहेको छन । त्यसैगरी होम आइसोलेसनमा महिला १ सय ५ र ४ सय ९० पुरुषहरु रहेका छन । त्यसैगरी बारामा सोमबारसम्म १२ महिला र १२ पुरुष गरी २४ जना कोरोना संक्रमित थपिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here