वीरगन्ज,पर्साको बहुदरामाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन वार्ड बनाउन आफ्नो स्वामित्वमा रहेको होटेले दिने घोषणा गर्नुभएको छ । वीरगन्जको तेजारथ टोलमा रहेको होटेल ‘साह दरबार प्रा.लि.’ लाई निःशूल्क रुपमा आवश्यक पूर्वधार सहितको आइसोलेशन वार्ड सञ्चालनका लागि उपलब्ध गराउने नगरप्रमुख साहले घोषणा गर्नुभएको हो । नगरपालिकाभित्रका संक्रमितहरुको उपचार र व्यवस्थापनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको व्यवस्था मिलाइएको साहको भनाइ छ । आफ्नो नगरपालिका मात्रै नभएर अन्य स्थानीय तहले पनि संक्रमित राख्न चाहेमा स्थान उपलब्ध गराइने साहले बताउनुभयो । आइसोलेशन वार्ड तथा औषधी व्यवस्थापन लगायतका कार्यहरु पुरा गरेर तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदुर उप्रेतीले जानकारी दिनुभयो । लगभग १ बिगाहाभन्दा पनि बढी जमिनमा अनुमानित २० करोडको लगानीमा संचालनमा आएको होटेलमा सुविधा सम्पन्न ऐसी हल, कम्पाउण्ड, बातानुकुलित कोठा, अट्याच बाथरुम लगायतको सुविधा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here