वीरगन्ज, वीरगन्जमा कोरोना भाइरस संक्रमण कारण थप ४ जनाको मृत्यु भएको हो । वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचाररत ३ र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा १ गरि ४ जना संक्रमितको मृत्यु भएको हो ।नारायणी अस्पतालमा उपचाररत रौतहटको सिरिसियाका ५५ वर्षिय पुरुषको शनिबार बिहान पौने १२ बजे मृत्यु भएको छ । बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २२ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।यस्तै वीरगन्जको नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत बाराको महागढीमाइ नगरपालिका वडा नम्बर २ मैनीटोलका ५५ वर्षिय संक्रमित पुरुषको पनि शनिबार बिहान ११ बजे मृत्यु भएको छ । स्वास्थ्य प्रश्वासमा समस्या भएपछि बैशाख १९ गते मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएका ती पुरुषको स्वाब संकलन गरि परिक्षण गर्दा बैशाख २० गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको विश्रामपुर गाँउपालिकाका ४५ वर्षिय संक्रमित पुरुषको पनि आज बिहान साढे १ बजे मृृत्यु भएको हो । बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २२ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको आज बिहान साढे १ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो । यस्तै नारायणी अस्पतालमै उपचाररत बारा जिल्लाकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ५५ वर्षिय संक्रमित पुरुषको शुक्रबारराति १० बजे मृत्यु भएको हो । बैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । कोरोनाको दोश्रो लहर शुरु भए यता पर्साको वीरगन्जमा कोरोना संक्रमणले ६२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोश्रो लहर शुरु भए यता आज बिहान सम्म वीरगन्जका विभिन्न अस्पतालमा ६२ जना संक्रमितको मृत्यु भएको हो । ती मध्ये ३९ जना पर्साको , बारा , रौतहट र सर्लाहीका गरि २२ जना र एक जना भने भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here