यही बैशाख २७ गते प्रधानमंत्री केपी शर्मा ओलीले बिश्वासको मत लिने भनेपछि नेपाली राजनीति फेरि अर्को चरणमा पुगेको छ । हुनत नेपालको राजनीति कतिबेला कहाँ गएर सकिन्छ वा मिल्छ भन्ने ठेगान हुन्न । तैपनि नेपाली राजनीतिले अर्को मोड लिन खोजेको जस्तो देखिन्छ । नेकपा एमाले जो बिघटन भइसकेर नेकपा बनेको थियो त्यही सर्वोच्च अदालतको कारण फेरि एमाले भएर अहिले केपी ओलीले शासनसत्ता लिएका छन् ।

एमाले भएर पनि माधव नेपालहरु प्रतिपक्षी दलको जस्तै बनेका छन् । एमालेको सत्ता पक्ष र प्रतिपक्षको लडाइ निकै पेचिलो बन्दै गएको छ । अब ओली र नेपालहरु एक ठाँउमा रहने संभावना छैन भन्नेहरुको जमात बाक्लो छ र शुक्रबारसम्ममा पनि माधव नेपालले संभावना ओलीसंग मिल्ने शंभावना छैन भन्ने दाबी गरेका छन । तर जनताले नेपालमा कम्यूनिष्टहरु एक हुन भनेर नै चुनावमा साथ दिएका थिए । यहि कारणले नै नेकपाले लगभग दुई तिहाइको सरकार बनाएको थियो ।

यस्तो अवस्थामा फेरि पनि सबै कम्यूनिष्टमा एकता होस् भन्ने चाहना जनताको छ । तर फेरि कम्यूनिष्टहरुबीच लडाइ वा यस्तै असमति हुने हो भने एकता गर्नुको अर्थ पनि छैन । एमाले फुटाउने पक्षमा पनि कोही केही होलान् तर धेरै कार्यकर्ताहरु समर्थकहरुको भावना भने सबै बामपन्थी शक्ति एकजुट हुनुपर्छ भन्ने छ अझै पनि । यद्यपि सबैको आआफ्नो स्वभिमान होला त्यसतर्फ पनि ध्यान दिन जरुरी छ । जे भएपनि अहिलेको अवस्थामा एमाले एक होस् तर त्यसो एकता स्वार्थका लागि नभइ जनताका लागि हुन जरुरी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here