नरेश गुप्ता

बरियारपुर, बाराका एक ५२ बर्र्षीय पुरुषको उपचारको क्रममा बुधबार वीरगन्जमा मृत्यु भएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी ५२ बर्षीय रामाधारप्रसाद यादवको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उनको स्वास्थ्य अवस्था खराब भएपछि बैशाख १८ गते स्वाब चेकजाँच गराइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आईसोलेशन बस्दै आएका थिए । बैशाख २१ गते नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएका यादबको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here