वीरगन्ज,कोरोना संक्रमणका कारण वीरगन्जमा थप दुईजनाको मृत्युु भएको छ । सर्लाहीका एक पुरूष र बाराकी एक महिलाको कोरोना संक्कोरमणका कारण मृत्यु भएको हो । सर्लाही–४ धनगढाका ४३ बर्षीय पुरूषको आज विहान १ बजेर ४० मिनेटमा मृत्युु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । ती पुरूषलाइ हिजो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ कि ३० बर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्युु भएको छ । बैशाख १३ गते भर्ना गरिएको उनमा सोही दिन नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको उपचारका क्रममा गएराती सवा बाह्र बजे मृत्युु भएको डाक्टर दासले बताउनुभयो ।
यसैबीच वीरगन्जमा थप १२४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशगलामा गएराति २१० जनाको स्वाब नमूनाको पिसिआर परिक्षण गर्दा ती मध्ये आधा भन्दा बढी अर्थात १२४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । गएरातिको परिक्षणमा पर्साका ९६ र बाराका २५ र चितवन महोत्तरी र सर्लाहीका १–१ जना गरि १२४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमितहरू १६ बर्ष देखि ७० बर्ष उमेर समूहका ९० पुरूष र ३४ महिला रहेको डाक्टर दासले बताउनुभयो । यसअघि अस्ति सोमबार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १४० जनाको स्वाब नमूना परिक्षण गर्दा ७६ जनामा संक्रमण भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here