वीरगन्ज,बाराको परवानीपुरमा जारी प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगितामा आज महोत्तरीको बेल्खाडी युवा क्लब र मकवानपुरको हेटौंडा एकेडेमी बिचको खेल हुदैछ । परवानीपुरको खेलमैदानमा यी दुइ बिचको खेल अपरान्ह ४ बजे देखि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा वीरगन्ज युनाईटेड विजयी भएको छ । वीरगंज युनाइटेडले, धनुषाको जनकपुर युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ ले पराजित गरेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिनुभयो । शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता बैशाख १८ गते सम्म चल्ने छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here