सिमरा,जीतपुरसिमरा गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले आइतवार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तैयारी पुरा भएको जानकारी गराएको हो । चैत्र ३१ गते मंगलवारबाट शुरु हुने प्रतियोगिता सिमरा रंगशालामा आगामी बैशाख ११ गतेसम्म संचालन हुने छ । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागिता रहने आयोजक नव जन जागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा नेपालका विभागीय टोली त्रिभुवन आर्मी फुटवल क्लब, सशस्त्र प्रहरी वल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लब लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टीमको सहभागिता रहने आयोजकले जनाएको छ । पहिलो पटक डे नाईट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नति, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकीय सबै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । विश्वकर्मा सिमेन्ट कम्पनी मुख्य प्रायोजक रहेको प्रतियोगितामा बिजेता टोलीले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद ्पुरस्कार पाउने छन् । यस अघिको संस्करणमा विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गरेका थिए । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने आयोजक समितिका शम्भु सिंह ठकुरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here