वीरगन्ज,वीरगन्जको मीनाबजारमा अब क्यूआर कोड मार्फत पनि तरकारी खरिद गर्न पाइने भएको छ । माछापुच्छे बैंकले बुधबारदेखि मीनाबजारमा डिजिटल प्रविधिमार्फत कारोबारका लागि फलफूल तरकारी ब्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले क्युआर कोड वितरण गर्नुभएको हो । नगरप्रमुख सरावगी आफैले पहिलो ग्राहक बनेर क्युआर कोड प्रयोग गरि सामान खरिद गरी क्यूआर कोडको उदघाटन गर्नु भयो । उहाँले सूचना प्रविधिको विकासलाई सही ढंगबाट प्रयोग गर्न सके समय र सुरक्षा दुबैमा फाईदा हुने बताउनुभयो । वीरगन्जको तरकारी तथा फलपूmल बजारको मुख्य केन्द्र मीना बजारमा नगद रहित कारोबार गर्नका लागि क्यूआर कोडको माध्यमबाट कारोबार गर्ने सुविधा उपलब्ध गराएको माछापुच्छे« बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here