विद्यालय तहमा एउटा बहस हुने गर्दथ्यो र अहिले पनि हुने पक्कै गरेकै हुनु पर्दछ धन ठूलो कि विद्या भनेर । वास्तवमा झट्ट सुन्दा धन ठूलो जस्तो पनि लाग्छ सक्छ तर विद्या भन्दा ठूलो संसारमा केही पनि छैन । माध्यामिक तहमा हुने यस्ता वादविवाद प्रतियोगिताले बालबालिकाहरुमा बहस गराउने भएपनि विद्याको विकल्प धन हुन सक्दैन ।

तर, धनका लागि विद्या आवश्यक छ र विद्या आर्जनपछि त धन स्वतः कमाउन सकिने अवस्था हुन्छ । बाराको प्रसौनीमा पनि कम्तीमा स्नातक गरेका चेलीहरुलाई सम्मान गरिएको छ । हुनत जमाना अनुसार स्नातक पास हुनु सामान्य पनि लाग्छ तर कतिपय समाजमा र मधेशको सवालमा भने शिक्षाको महत्व बल्ल बढ्दै गएको देख्न र सुन्न पाइन्छ ।

मधेश शिक्षामा अझै पनि पछाडि छ । शिक्षा लिएका मान्छे मात्रै शिक्षित हुने हो नपढेको मान्छे त शिक्षितमा गणना नै हुँदैन । सानै उमेरमा अझै पनि चेलीहरुलाई मधेशमा विवाह गरिदिने चलन छ यसैका कारणले पनि धेरैको पढाइ छुटेको र कालान्तरमा गएर घरवार समेत बिग्रिएको छ । त्यसैले अब चेलीहरु पनि सक्षम हुनु पर्दछ अनि मात्रै समाजमा संघर्ष गरी आफू स्थापित हुन सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here