समाजमा आजकल अराजकतासँगै विकृति र विसंगति पनि बढेको पाइएको छ । यौंनजन्य कृयाकलापका कारण पनि समाजमा यसले विकृतिको जड गाँझेको हो । हुन त यौंनको बिषयमा धेरै बहस र छलफल होलान् र हुन आवश्यक पनि छ तर समाजमा बहस र छलफल भए पनि खुला रुपमा यस्ता कार्य गर्न भने कानुनले नै नेपालको सवालमा बन्देज गरेको छ ।

बाराको अमलेखगन्ज क्षेत्रको जंगलमा यस्ता कृयाकलापहरु बढेको भन्ने गुनासाहरु आएका छन् । स्थानीयहरुले समाजमा यसैका कारण विकृति बढेको भन्दै चिन्ता पनि जनाएका छन् । वास्तवमा जंगल क्षेत्रमा जसले जे उद्देश्यले यस्तो नियत बनाए पनि त्यो गलत हो अनि सामाजिक विकृति पनि हो ।

त्यसैले पनि सरकारले नै यस्ता कुनै ठाउँको घोषणा गर्न वा तोकिदिन्छ भने त्यो छुट्टै कुरा भयो नत्र सार्वजनिक स्थानमा यस्ता हर्कत गर्नेलाई कारवाही गर्ने अधिकार प्रहरीलाई छ । त्यसैले पनि प्रहरीले पनि ख्याल र ध्यान दिन आवश्यक छ । सभ्य समाज निर्माणका लागि सामाजिक विकृति पनि अन्त्य हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here