मनहर्वा –  प्रतिवन्धित नेकपा माओवादी विप्लव समुहले शनिबारको लागि घोषण गरेको नेपाल बन्दको प्रभाव बारा जिल्लामा भने परेन । देशका विभिन्न जिल्लामा छिटफुट रुपमा बम विष्पोट र आगजनीका घटना देखिएपनि बारामा बन्दको कुनै प्रभाव नदेखिएको हो । तर बन्दकर्ताले प्रभाव देखाउन उद्देश्यले महेन्द्रराजको पिलुवा– निजगढ सडक खण्डको १३ किलो जंगलमा सडक छेउमा राखेको नक्कली कुकर बम सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर नष्ट पारेको थियो । सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले कुकरभित्र गिटी र बालुवार भरेर राखिएको उक्त शंकास्पद कुकर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले हटाएको थियो । कुकरकमा बालुवा र ईटाको टुक्रा मात्रै फेला परेको बाराका प्रहरी नायव उपरीक्षक गौतम् मिश्रले जानकारी दिनुभयो । उहाँका बन्द आह्वानकर्ताहरुले अनुसार सर्वसाधारणलाई आतङ्कित पार्ने अभिप्रायले कुकुरमा बालुवा ईटा राखेर सडकमा राखिएको हो । सडकमा कुकर फेला परेपछि शनिबार बिहान केहीबेर पूर्वपश्चिम सडक अवरुद्ध बनेको थियो । पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारीविरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो । नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गर्नुभएको छ । विप्लव समूहको बारा जिल्ला समितिले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । यसैबीच नेत्र विक्रम चन्द ‘विप्लव समूह’ नेकपाको कार्यकर्ताले मकवानपुरमा शनिबार बिहानै पिकअप भ्यानमा आगजनी गरेको छ । बिहान हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप जीपलाई इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ हुमानेमा विप्लवका १५ देखि २० जनाको टोलीले हतियार देखाएर आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको उक्त गाडी आगजनीबाट पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासकुमार तामाङले जानकारी दिनुभयो । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । विप्लव नेतृत्व नेकपा समूहले शनिबार माघ १० गते देशभर बन्दको आह्वान गरेसँगै मकवानपुर जिल्लासहित देशभरका जनजीवन प्रभावित बनेको छ । मकवानपुरकै मनहरी खोला नजिक बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ । त्यसैगरी काभ्रे जिल्लाको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ । शुक्रबार राति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो । नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। प्रहरीको जानकारीअनुसार शनिबार विहान ३ः४५ बजेको समयमा जिल्लाको बनेपा ६ बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो । सोही स्थानमा एउटा बम भने विष्फोट भएको हो । बम विस्फोट भएसँगै चेकजाँच गरी सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै परेको थियो । यस्तै, रोशी ८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ । तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here