काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आउँदाे पुस १ गते बुधबार बस्ने गरी स्थगित छ ।

आज (आइतबार) काे बैठक नेता कमानसिंह लामाकाे निधनमा शाेक व्यक्त गरेर आउँदाे पुस १ गते दिउँसाे एक बजे बस्ने गरी स्थगित हाे ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको थियाे । बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्याे । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन । अझ यसबीचमा दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने वा दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भइरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोग पत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र पठाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here