निजगढ, २७ कार्तिक– लायन्स क्लव अफ निजगढ सिटीले बुधबार निजगढमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।

६० पुरुष र ११ महिला गरी ७१ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष मनोज रेग्मीले जानकारी दिनुभयो ।

बिहान ८ बजेबाट शुरु भई अपरान्ह १ बजे सकिएको रक्तदान कार्यक्रममा गौरीशंकर फाउण्डेशन व्याच २०५७ र निजगढ युवा संजालले सहयोग गरेका थिए ।

कार्यक्रममा रक्त संचार केन्द्र विरगंजका कर्मचारीहरुको प्राविधिक सहयोग रहेको थियो । कोरोना महामारीका कारण देशका विभिन्न अस्पतालहरुमा रगत अभाव भएपछि रगत संकलन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here