कृष्ण मोहन साह,

सेढवा २५ असोज– जीराभवानी गाउँपालिका अन्तरगतका दुई वटा नमूना वस्तिमा पूर्णसरसफाइका लागि अनुगमन गरिएको छ ।

 

युनएन हेभिटासको सहयोगमा विकास नेपालले जीराभवानी गापा वडा नम्बर–१ र २ शान्तिटोल तथा काठमाडौंटोलमा अनुगमन भएको हो ।

 

दुई वटा वस्तिलाई ५ वर्षअगाडि खुला दिसामुक्त घोषणा भएको थियो तर तत्कालिन अवस्थामा बनेका शौचालयहरूको पर्खाल, छाना र प्यानहरु बिग्रेर मर्मतसम्हार गर्नु पर्ने भएको कारण अनुगमन तथा पुनः सरसफाइ गरिएको हो। काठमाडौं टोलमा वडा कार्यालयले प्रति घरधुरी १२५ वटा ब्लक र सिमेन्ट उपलब्ध गराएको छ । यस वर्ष ती टोलका सत प्रतिशत घरले शौचालय निर्माण गरेर प्रयोग गर्ने बताइएको छ ।

 

यसैगरी वडा नं. १ शान्तिटोलमा आफ्नै लगानीमा सबैले शौचालय निर्माण गरेको सरसफाइ समितिका अध्यक्ष रविमोहन सापकोटाले बताउनुभयो ।

अनुगमनमा गापा उपाध्यक्ष उषादेवी थरूनी, वडा सदस्य सोमनाथ सापकोटा, नन्दकिशोर साह, श्रीकान्तीदेवी, शङ्कर पटवारीसँगै सञ्चारकर्मीहरू आरके पटेल, ओमप्रकाश चौधरी, भूषण यादव, रितेश त्रिपाठी, राजेन्द्र सिंह राजपूत, कृष्णमोहन साह, मेघराज राय सहभागी रहेको युएन हेभिटासका जिल्ला संयोजक सरोज चौरसियाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here