पुष्पराज खतिवडा,
मनहर्वा, १९ असोज– नेपाल–भारतका सिमा क्षेत्रमा पर्ने जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठक सोमबार जिल्ला सदरमुकाम कलैयामा सम्पन्न भएको छ । बैठकले सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा, तस्करी नियन्त्रणलगायत विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ ।

सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्ने, अवैध हातहतियार ओसारपसारमा नियन्त्रण गर्ने र अपराध नियन्त्रण सम्बन्धि सुचना आदानप्रदान गर्ने निर्णय बैठकले गरेको हो । त्यस्तै चोरी निकासी एंव तस्करी नियन्त्रण, कोभिड– १९ महामार संक्रमण न्युनीकरणकोलागि दुबै देशबीच असल अभ्यासहरुको आदानप्रदान गर्दै नियन्त्रणको लागि सामुहिक रुपमा अगाडि बढ्ने निर्णय पसिन बैठकले गरेको छ ।

त्यसैगरी आगामी अक्टोवर २८, नोवेम्बर ३ र ७ तारिक गरी तीन चरणमा भारत विहार राज्यमा राज्यसभा सदस्यको लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर चुनावलार्ई स्वच्छ एंव मर्यादित रुपमा सम्पन्न गर्न ३ दिनसम्म बोर्डर शिल गरी यातायात तथा मानिसहरुको आवतजावतमा बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसकासाथै अन्य विषयहरुमा दुबै पक्षको आपसी सहमतिमा काम गर्ने संयुक्त बैठकबाट निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडिलले जानकारी दिनुभयो । नेपाल भारत दुई देशको सिमा क्षेत्रमा पर्ने दुवै देशका जिल्ला स्तरीय समन्वय बैठक वर्षमा २ पटक गर्ने प्रचलन रहेको छ । सोही क्रममा नेपालको आयोजनमा यसपटक बाराको कलैयामा बैठक आयोजना गरिएको हो ।

बैठकमा भारत विहार राज्यअन्तरगत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सुरक्षा अधिकारीहरु, नेपालकोतर्फबाट पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँग सिमा जोडिएका बारा, पर्सा, रौतहट, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको प्रजिअ पंडितले जानकारी दिनुभयो ।

नेपालको तर्फबाट बैठकमा सहभागिहरुको चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पंडितले र भारततर्फको विहार राज्यको पुर्वी चम्पारण जिल्लाका डिस्ट्रिक मजिष्टे«ट श्रीशिरति कपिल अशोकले नेतृत्व गर्नुभएको थियो । बैठक विहान १० बजे शुरु भइ अपराहन्न १ बजे सम्पन्न भएको हो ।

बैठकमा भारतका तर्फका २३ जना र नेपाल तर्फका २६ जना गरी ४९ जना सुरक्षा निकायका अधिकारीहरु, भारतीय निर्वाचन आयोगका कर्मचारी र नेपालको जिल्ला सुरक्षा अधिकारी तथा चिनवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिसमेतको सहभागिता रहेको प्रजिअ पंडितले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here