नरेश गुप्ता,

 

बरियारपुर, १४ असोज– मल र जल मिल्यो भने ढुङ्गामा पनि दुबो पलाउँछ भन्थे गाउँघरका बुढापाकाहरु । तर बाराको महागढिमाई नगरपालिकाका प्रेम साह यो भनाइलाई प्रमाणित गर्ने प्रयासमा छन ।

 

महागढीमाई नगरपालिका वडा नम्बर– १ का प्रेमप्रसाद साह आफनै श्रम र पुँजी खर्चेर गाउँमै राम्रो आम्दानी लिदैछन । साहले पशुपालनमार्फत सानो लगानीमा पनि धेरै फाइदा लिन थालेका हुन ।

 

साहले अंकुश पशुपालन फर्म दर्ता गरेर संचालनमा ल्याउनुभएको छ । उहाँले फर्ममा हाल ४ वटा भैसी पालेर दैनिक ६२ लिटर दुध उत्पादन गर्दै आउनु्भएको छ ।

आफनो फर्ममा उत्पादन भएको दुध साह आफै ग्राहकको घरघरमा पुगेर बिक्री गर्ने गर्नुहुन्छ । कतिपयले ग्राहकले भने फर्ममै आएर पनि दुध खरिद गर्ने गरेका छन । फर्ममा काम गर्न साहले थप २ लाई पनि राख्नुभएको छ । साहको तिनै कामदारहरुसंगै मिलेर भैसीको आहारा, स्याहारसुसार, गोठ सरसफाइ र दुध बिक्री गर्नुहुन्छ । र उहाँको दिनचर्या यसरी नै बित्ने गरेको छ हिजोआज ।

पशुपालनको लागि शुरुमा डराइ डराइ २० लाख रुपैया लगानी गर्नुभएका साह अहिले व्यवसाय फस्टाउदै गएपछि हौसिनुभएको छ र फर्ममा थप चौपाय राख्ने योजनमा हुनुहुन्छ । ‘अरु भैंसीसंगै केही गाई पनि थप्ने योजना छ, साहले कृपा दैनिकसंग कुरा गर्दै भन्नुभयो, मन लगाएर काम गर्यो भने राम्रो आम्दानी हुदो रहेछ ।’

साहले नेपाल र भारतबाटसमेत एउटाको १ लाख १८ हजार रुपैयासम्म हालेर दुहुना भैसी किनेर ल्याउनुभएको थियो । भौसी पाल्न साहले गोठ पनि उन्नत बनाउनुभएको छ ।

रोजगारीको लागि भौतारिदै अर्काको देशमा जाने युवाहरुकोलागि गाउँमा एउटा राम्रो उदाहरण नै बन्नु भएको छ साह । गाउँका अन्य बेरोजगार युवाहरुलाई पनि पशुपालनमा सरिक हुन सल्लाहा दिने गर्नुहुन्छ । ‘काम सानो÷ठुलो कहिल्यै हुदैन, उहाँले भन्नुभयो, हेला÷होचो गर्नुहुन्न सानै भनिएको कामबाट पनि ठुलो आम्दानी लिन सकिन्छ ।’ जाँगर हुनेहरुको लागि आफनै गाउँघर बसेरमा पनि आम्दानी लिन सकिने ठाउँ धेरै रहेको उहाँले बताउनुभयो ।

आम्दानी राम्रो हुने देखेपछि पछिल्लो समय महागढीमाई नगरपालिकाका अन्य वडाका किसानहरु पनि भैसीपालन व्यवसायतर्फ आकर्षित हुदै गएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here