रौतहट, १६ भदौँ– नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारी हत्या भएको स्थानमा मन्दिर र मठको शिलान्यास गरिएको छ ।

सोमबार पुजारीको हत्या भएको स्थान माधवनारायण नगरपालिका–२ खेसरहियामा मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा सो मन्दिर शिलान्यास भएको हो ।

नगर प्रमुख साहले पुजारीको सम्मानमा मठ र मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो । साथै उहाँले पुजारी हत्यारालाई जतिसक्दो चाँडो समात्न प्रहरी प्रशासनसमक्ष आग्रह गर्नुभएको छ । माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल देवी साहले निस्वार्थ सामाजिक कार्यमा लागेको पुजारीको हत्याले सामाजिक कार्यप्रति लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने कार्य भएकोले यस्ता कार्य दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

पुजारीको हत्याले समाजमा असुरक्षा बढदै गएको उप प्रमुख साहको भनाइ छ ।

यस्तै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले पुजारीको हत्याले समाज नै मर्माहत भएको बताउनुभएको छ । मन्दिर शिलान्यास भएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला अज्ञात व्यक्तिहरुले कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरेका थिए ।

शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त स्थानमा प्रहरी चौकी निर्माण गर्ने घोषणा पनि गर्नुभएको छ। आइतबार पूर्वमन्त्री एंव नेकपाका सांसद एंव पुर्व मन्त्री साहले पुजारी हत्या भएको ठाउँमा मन्दिर मठ र प्रहरी चौकी स्थापनाको भवन निर्मांण गर्ने घोषणा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here