ट्ठविगृयिचनरनाी

वीरगंज, १६ भदौं । वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ ।

काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत सरावगीका पिता चिरञ्जीवीलालको ७८ वर्षको उमेरमा सोमबार राति १२ बजेर ५ मिनटमा निधन भएको हो ।

उहाँको मंगलबार बिहान पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको नगरप्रमुख सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

पिताको मृत्यु बारे नगरप्रमुख सरावगीले पनि सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आइडीबाट पोष्ट गर्नुभएको छ ।
नगरप्रमुख सर सक्रमण पुष्टि भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा पिता चिरञ्जीवीलाल सरावगीलगायत परिवारका अन्य सदस्यमा पनि गत साउन २२ गते कोरोना पोजेटिभ देखिएको थियो ।

पितामा कोरोना सक्रमण पुष्टि भएपछि काठमाडौँमै रहेर उपचार गराइ हरहनु भएका नगरप्रमुख सरावगीले थप उपचारको लागि परिवारका सदस्यलाई पनि काठमाडौँ बोलाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here