निजगढ, १२ भदौँ– जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा आदेश निजगढ नगरपालिकाभित्र उल्लघनका घटना बढेपछि कार्यान्वयनको जिम्मा सुरक्षाकर्मीलाई दिने निर्णय भएको छ ।

काेरोना भाइरस विपद न्युनीकरण, समन्वय तथा अनुगमन समिति निजगढको बिहिबार बसेको बैठकले निषेधाज्ञामा छुट दिइएका बाहेक नगरभित्र अन्य गतिविधि पनि संचालन भएकाे पाइएपछि आदेश पुर्णरुपमा कार्यान्वयन गर्न स्थानीय सुरक्षाकर्मीलाई जिम्मा लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले बाराका सबै स्थानीय तहमा निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक भेला हुन तथा घरबाहिर निस्कन रोक लगाइएको छ । यो अवधिमा अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने र सवारी साधन संचालनमा पुर्णरुपमा रोक लगाइएको छ । यो अवधिमा औषधि पसल २४ सै घण्टा खोल्न पाइने छ भने खाधान्न, ग्यास, इन्धन, दूध, डेरी र तरकारी पसलहरु बिहान ८ बजेसम्ममात्र खोल्ने अनुमति छ ।

नगरप्रमुख सुरेश खनालको अध्यक्षतामा बसेको समितिको बैठकले जिल्ला प्रशासन कार्यलय बारामार्फत जिल्लाका सबै स्थानीय तहको सहयोगमा कलैया अस्पतालमा राख्न लागिएको पिसिआर मेसिन खरिदको लागि नगरपालिकाबाट ९ लाख ८० हजार सहयोग दिने बारेमा पनि कार्यपालिकामा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी नगरभित्रका बैङ्ग तथा बित्तिय संस्थाहरुलाई सुरक्षा उपाय अपनाएर आजबाट बिहान १० देखि ५ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले निजगढ उद्योग बाणिज्य संघ भवनको आइसोलेशन वार्डमा आवश्यक उपकरण र औषधि खरिद गर्ने तथा देशभित्र र बाहिरबाट आएका संक्रमति र शंभावित संक्रमितहरुलाई होम आइशोलेसका बस्न प्ररित गर्ने र उनीहरुको लागि सबै किसिमको स्वास्थ सुविधासमेत उपलब्ध गराउने निर्णय पनि गरिएकोे नगरपालिका उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here